नियम ४०
स्थानीय बढुुवा
(१) नेपाल बाहिरको कुनै मिशनमा कुनै निश्चित कामका लागि खास दर्जाको सैनिक व्यक्ति पठाउन अनुरोध प्राप्त भएको तर त्यस्तो दर्जाको सैनिक व्यक्ति पठाउन कुनै कारणले नसकिएमा नेपाल सरकारले चाहेमा नेपाल बाहिरको कुनै मिशनमा
खटिई जाने महासेनानी वा सो भन्दा माथिको सैनिक अधिकृतलाई कुनै निश्चित कामको लागि स्थानीय बढुवा दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिम स्थानीय बढुवा दिइएकोमा तोकिएको काम सकिएपछि साविककै दर्जामा कायम भएको मानिनेछ ।
(३) स्थानीय बढुवा पाउने व्यक्तिले निज खटी गएको स्थान विशेषमा मात्र दज्र्यानी चिन्ह प्रयोग गर्न पाउनेछ । त्यस्तो बढुवा हुनेलाई नेपाल सरकारबाट कुनै थप सुविधा दिइने छैन ।